आइतबार, पुष १३, २०८२

थप २६९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

मेरोन्यूज २०७९ भदौ १६ गते १७:१८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५७ जनाको परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ ।

सोही अवधिमा एकजनाको कोरोनाबाट मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ ।

प्रतिक्रिया