सान्चोको निर्णायक गोलमा युनाइटेडको जित
मेरोन्यूज
२०७९ भदौ १७ गते ९:५०

काठमाडौं । जोडन सान्चोको निर्णायक गोलप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बुधबार राति लगातार तेस्रो जित निकालेको छ । लेस्टर सिटीमाथि १–० को जितसँगै युनाइटेड तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । पहिलो दुई खेलमा हार बेहोर्दै प्रिमियर लिगको खराव सुरुवात गरेको युनाइटेडले त्यसपछिका तीनै खेलमा जित निकालेको छ ।
लेस्टरको मैदान किङ्ग पावर रंगशालामा २३औं मिनेटमा मार्कुस रासफोर्डको पासलाई सान्चोले पोष्टको दिशा दिएका थिए । यही गोल युनाइटेडको जितमा पर्याप्त बन्यो । युनाइटेडले पाँच खेलबाट ९ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको लेस्टर एक अंकसहित तालिकाको पुछारमा छ ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया