शनिबार, मंसिर १३, २०८२

केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल

मेरोन्यूज २०७९ भदौ १८ गते १२:२९

काठमाडौं । दोस्रो एक दिवसीय खेलमा नेपालले घरेलु टोली केन्याविरुद्ध पहिले ब्याटिङ गरेको छ ।

नेपालले टस जितेपछि ब्याटिङ रोज्दै केन्यालाई बलिङको निम्तो दिएको हो ।

नेपाली टिममा आजको खेलमा एक परिवर्तन गरिएको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आज आराम दिइएको छ । उनको स्थानमा आज देव खनाल खेल्दैछन् ।

नेपालका अर्जुन साउद र देव खनालले ओपनिङ गरेका छन् । पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो ।

प्रतिक्रिया