आइतबार, माघ ११, २०८२

७४ किलो गाँजासहित दुई जना पक्राउ

मेरोन्यूज २०७९ भदौ १८ गते १६:४२

काठमाडौँ । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगर १० राप्तीपुल नजिकैबाट करिब ७४ किलो लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका १३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका ३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च १९४२ नंको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा गाँजा बरामद गरिएको हो ।

प्रहरीले उनीहरूको साथबाट ३१ हजार रुपैयाँसमेत बरामद गरेको छ ।

प्रतिक्रिया