नेप्से परिसूचकमा गिरावट, कारोबार रकम करोडमा सिमित

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ ।
आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक सोमबार ४.२९ अंक घटेर १९७३.०१ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ ।
सोमबार कारोबारमा आएका २२४ कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको बिक्री भएको छ । आइतबारको कारोबारमा एक अर्बभन्दा बढीको शेयर खरिद बिक्री भएको बजारमा आज ९० करोड बराबरको मात्रै कारोबार भएको छ ।
सोमबार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ । बाँकी ११ उपसमूहको घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ । यता अन्य उपसमूहको परिसूचक १.०४ प्रतिशत र वित्तको ०.५९ प्रतिशत घटेको छ । सोमबार नेप्से सामान्य अंकले घटे पनि मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ७.४३ प्रतिशत बढेको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको शेयर मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ । रुरु जलविद्युत परियोजनाको ६.५५ घटेको छ । सोमबार रिडी पावर कम्पनीको नौ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया