शुक्रबार, मंसिर १२, २०८२

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल १-० ले अगाडि

मेरोन्यूज २०७९ भदौ २१ गते १८:४३

काठमाडौँ । घरेलु मैदान दशरथ रंगशालमा भएको साफ महिला च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा नेपाल भुटानविरुद्ध १–० अगाडि रहेको छ ।

राष्ट्रिय टिममा पुनरागमन गरेकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरेसँगै नेपाल १–० गोलले अग्रता बनाएको हो । सावित्राले खेलको १२ औँ मिनेटमा गोल गरेकी थिइन् ।

यस्तै, दशौँ मिनेटमा हिरा कसमारी भुजेलले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । साफमा भुटान तुलानात्मक रुपमा कमजोर टिम हो ।

पहिलो हाफमा भुटानले गोल गर्ने एउटा अवसर गुर्माएको थियो । खेलको ३६ औँ मिनेटमा पुनम जर्घामगरले लुज गरेको बलमा भुटानकी कप्तान पेमा छोडेन छिरिङको क्रसमा सुनिता राईले पोष्टमा प्रहार गर्न नसक्दा बाहिरिएको हो ।

प्रतिक्रिया