एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रन्छ

काठमाडौं / नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने एकै महिना करोडौं मूल्यको स्याउ नेपाल भित्रने गरेको छ ।
मनाङ, मुस्ताङ लगायतका जिल्लामा उत्पान हुने स्याउ बजारसम्म पुर्याउन नसक्दा बोटमै कुहिने गरेको समाचार बारम्बार मिडियामा आउँछन् । ढुवानीको राम्रो व्यवस्था नहुँदा नेपाली स्याउले उपयुक्त बजार पाउन सकेको छैन ।
तर, विदेशबाट भने दैनिक दुई करोड रुपैयाँभन्दा बढीको स्याउ नेपाल आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा मात्र विभिन्न देशबाट नेपालमा ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ भित्रिएको छ ।
सो मूल्यमा ९२ लाख १० हजार ८९९ केजी स्याउ साउन महिनामा नेपालले विभिन्न देशबाट आयात गरेको छ ।
नेपालमा स्याउ चीन र भारतबाट आउने गरेको छ । गत साउन महिनामा चीनबाट २६ करोड ३७ लाख ७८ हजार रुपैयाँ र भारतबाट ४३ लाख ४९ हजार ६० हजार रुपैयाँको स्याउ नेपाल भित्रिएको विभागले जनाएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ आयात गरेको थियो ।
















सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
पर्सामा १०८ जनाको उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया