हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज अस्पताल भर्ना
मेरोन्यूज
२०७९ भदौ २२ गते २०:४६

काठमाडौं । प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो ।
काठमाडौं परिसरकार प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले सिंहलाई वीर अस्पताल भर्ना गरिएको पुष्टि गरे । स्वास्थ्यमा समस्या आयो भनेपछि सिंहलाई वीर अस्पताल भर्ना गरिएको मैनालीको भनाइ छ ।
स्ट्यान्डअप कमेडीका क्रममा नेवाः समुदायको भावनामा आँच पुर्याएको आरोपमा सिंह प्रहरी हिरासतमा छन् । बुधबार सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया