सन्दीप लामिछानेले क्यान पदाधिकारीसँग भने – राम्रो वकिल खोजिदिनु, म्याच सकिएपछि फर्किन्छु

काठमाडौैं । बलत्कारको आरोप लागेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने जमैकाबाटै क्यानका पदाधिकारीसँग ससम्पर्कमा आएका छन् । उनले आफुमाथी लागेको आरोपका विषयमा आफु निर्दाेष रहेको भन्दै कानुनी उपचारका लागि सहयोग गरिदिन नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीसँग आग्रह गरेका छन् ।
उनी अहिले जमैकामा छन् । क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्नका लागि उनी त्यहाँ पुगेका हुन् ।
उनी माथी गत भदौं ५ र ६ मा नुवाकोटकी एक् १७ वर्षिय किशोरीमाथी बलत्कार गरेको आरोप प्रहरीमा किटानी जाहेरी भएको छ ।
उनीमाथी प्रहरीले प्रमाण फेला परेको जिकिर सहित थप अनुसन्धान गरिरहेका बेला उनले भने उत्तैबाट क्यान पदाधिकारीसाग सम्र्पकमा आएका हुन् । उनी नेपाल आए पक्राउ पर्नेछन् । जसकाकारण उनी नेपाल आउलान् या नआउलाने भन्ने चर्चा चलिरहेका बेला भने उनले आफु लिग सकिने वित्तिकै नेपाल आउने बताएको क्यानका पदाधिकारीहरुले बताएका छन् ।
‘सन्दीपसँग हाम्रो सम्पर्क भएको छ । उनी हामीसँग सम्पर्कमै छन्, उतै वेष्ट इन्डिजबाटैं । उनले आफु निर्दाेष रहेको बताएका छन् । कानुनी साहायता र सहजीकरणका लागि सहयोग गरिदिन आग्रह गरेका छन्, हामीले कहिले फर्किन्छौं भनेर सोध्यौं, उनले म्याच भ्याएर हो, म्याच सकेपछि फर्किहाल्छु भनेको छ,’ क्यानका कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दीपको भनाई उदृधत गदैं भने ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया