रुपन्देहीबाट करोड बढीको अवैध सामान नियन्त्रणमा

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही र सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले रुपन्देहीका विभिन्न स्थानबाट १ करोड २६ लाख ९४ हजार बढीको अवैध सामान बरामद गरेको छ ।
भन्सार छली ल्याइएको ती अवैध बस्तु विशेष सूचनाको आधारमा प्रहरी कमाण्ड टोलीले बरामद गरेको हो । बरामद वस्तुहरू चिनी, चामल र कपडा रहेको छ । सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठको कमाण्डमा खटिएको टोलीले हुलाकी मार्ग लुम्बिनीबाट ना४ख ४१२९ नम्बरको ट्रकसहित अवैध ६ सय ३८ बोरा चिनी बरामद गरेको छ ।
चिनी अवैध रूपमा ओसारपसार भइरहेको छ भन्ने सूचनाको आधारमा विजकसमेत जारी नभएको ती वस्तुसहित प्युठान माण्डबी गाउँपालिका–३, नयाँ गाउँका २४ वर्षीया विनोद थापालाई पनि नियन्त्रणमा लिएको छ । थापा ट्रकका चालक रहेका छन् ।
यसैगरी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रकाश सिग्देलको कमाण्डमा खटिएको टोलीले रुपन्देहीको ओमसतिया गाउँपालिका–४, बसन्तपुरस्थित हुलाकी सडक खण्डमा ना३ख६३२५ नम्बरको ट्रकबाट एक सय बोरा चामल बरामद गरेको छ ।सशस्त्रको टोली चेकजाच्मा पुग्दा चालक फरार भएपछि ट्रक सहित चामल नियन्त्रणमा लिएको हो । बरामद दुई वटा ट्रक, चिनी र चामल गरी अन्दाजी एक करोड ३८ हजार पाँच सय मुल्य बराबरको रहेको सूचना अधिकारी सिग्देलले जानकारी दिए ।
नियन्त्रणमा लिएको ट्रक, चिनी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल र चामलसहित नियन्त्रणमा लिएको ट्रकलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाएको छ ।
यसैगरी जल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि जिल्लाका विभिन्न स्थानबाट २६ लाख ५५ हजार ७ सय ५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट अवैध चिनी र कपडासहित मिनी ट्रक, पिकअप र मोटरसाइकल सहितको सामान बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानिगंज जनशक्ति टोल स्थित नारायणी न्यौपानेको घरबाट अवैध लु ३ च १७७८ नम्बरको पिकअप र लु १ ख ८६५५ नम्बरको मिनिट्रकमा सहित १८६ बोरा चिनी बरामद गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान ९ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर ७ दिपनगरमा भारतबाट अवैध रूपमा भन्सार छली कपडाहरू लुकाई छिपाई राखेको अवस्थामा र इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बिहीबार तिलोत्तमा नगरपालिका वडा नम्बर ८ प्रदिपनगर स्थित अवैध रूपमा भन्सार छली चिनी ल्याउँदै गरेको अवस्थामा मोटरसाइकल सहित चिनी नियन्त्रणमा लिएको छ । बरामद २६ लाख ५५ हजार ७ सय ५० रुपैयाँ बराबरको सामान र मानिस सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।















नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया