सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु

सर्लाही । बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रवार अबेर सर्पले डसेको थियो ।
लगत्तै लालबन्दी नगरपालिका–१, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पु¥याएको आफन्तले जनाएका छन् । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको छ ।
मृतक महतोको शव आफन्तले बुझेर लगेका र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । जिल्लामा रहेको सर्प दंशका अस्पतालमा भेन्टिलेटर जस्ता उपकरण संचालनमा नहुदा सर्पदंशका विमारीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।
जिल्लाको नवरपुरमा रहेको सर्पदंश उउपचार केन्द्रमा रहेको भेन्टिलेटरसमेत दक्ष प्राविधिकको अभावमा संचालन हुन सकेको छैन् ।
















भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा
आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया