उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

प्योङयाङ । उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।
देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिवर्तनीय“ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरे । प्रतिबन्धहरूको बावजुद प्योङयाङले सन् २००६ देखि सन् २०१७ को अवधिमा ६ वटा परमाणु परीक्षणहरू गरेको छ।
उसले आफ्नो सैन्य क्षमतालाई अगाडि बढाउन जारी राखेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गर्दै उसले बारम्बारे आफ्ना छिमेकीहरूलाई आणविक धम्की दिँदै आएको छ ।
किमले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्तापछि सन् २०१९ मा लामो दूरीको हतियार प्रक्षेपण र आणविक परीक्षण गरेका थिए । त्यसपछि दुई देशबीचको आणविक वार्ता रोकिएको छ ।
बाइडेन प्रशासनले प्योङयाङसँग वार्ता गर्न इच्छुक रहेको संकेत गरेको भए पनि राष्ट्रपति जो बाइडेनले किमलाई भेट गर्ने वा नगर्ने विषयमा केही भनिएको छैन् ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया