बार्सिलोना शीर्ष स्थानमा उक्लियो
मेरोन्यूज
२०७९ भदौ २६ गते ९:००

काठमाडौं । घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । यस खेलसंगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो । यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ । क्याडिज पुछारमा छ । फरवार्ड रोबर्ट लेवान्डोस्कीले एक गोल सहित दुई असिस्ट दिए ।
यस्तै, फ्रान्की डी जोङ, अन्सु फाती र औसमाने डेम्वेलेले समान एक एक गोल गरे । पहिलो हाफमा गोल निकाल्न नसकेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो । खेल क्रममा एक दर्शकको स्वास्थमा समस्या देखिएपछी आधा घन्टा बढी खेल रोकिएको थियो ।
अर्को खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४-१ ले हरायो ।
सम्बन्धित














मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया