पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन: महासचिव गुटेर्रेस

इस्लामाबाद । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बाढीग्रस्त पाकिस्तानको भ्रमण गरेका छन् । उनले पाकिस्तानमा जस्तो ठूलो जलवायु नरसंहार कहिल्यै नदेखेको भन्दै विनाशको लागि धनी देशहरूलाई दोष दिए ।
ुमैले संसारमा धेरै मानवीय प्रकोपहरू देखेको छु, तर मैले यो मात्रामा जलवायु नरसंहार कहिल्यै देखेको छैनु, उनले दक्षिणी पाकिस्तानमा सबैभन्दा खराब क्षतिको साक्षी दिएपछि बन्दरगाह सहर कराँचीमा पत्रकार सम्मेलनमा भने ।
ुआज मैले देखेको कुरा वर्णन गर्न मसँग कुनै शब्द छैनु, उनले भने ।
युनाइटेड किंगडम जति क्षेत्रफल ओगटेको बाढीमा झण्डै १ हजार ४ सय जनाको मृत्यु भएको छ । बाढीले लाखौँ हेक्टर क्षेत्रमा लगाइएको बाली नष्ट गरेको छ र घर, व्यवसाय, सडक र पुलहरू ध्वस्त पारेको छ ।
बाढीका कारण ३० अर्ब डलरभन्दा बढी क्षति पुगेको प्रारम्भि अनुमान गरिएको छ । महासचिव गुटेर्रेसले बाढीग्रसत पाकिस्तानलाई सहयोग गर्न पनि आह्वान गरे । बाढीग्रस्त पाकिस्तानलाई बेलायत, क्यानड, चीनलगायतका देशले सहयोग गरेको छ । एजेन्सी
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया