माओवादी नेता पुनलाई पुनः कोरोना संक्रमण
मेरोन्यूज
२०७९ भदौ २६ गते १८:३३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पुनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो आउने र शरीर दुःख्ने लक्षण देखिएपछि सुरुमा एन्टिजेन र पछि पीसीआर परीक्षण गरिएको थियो ।
दुवै परीक्षणका क्रममा पुनमा संक्रमण पुष्टि देखिएको हो । पुन खुमलटारस्थित निवासमै आराम गरिरहेका छन् । संक्रमित भएपछि उनी सत्तारुढ गठबन्धनको सिटबाँडफाँट कार्यदलको बैठकमा समेत गएनन् ।
पुन चिकित्सकको सुझावअनुसार कम्तिमा पाँच दिन होम आइसोलेसनमै बस्ने छन् । यसअघि पनि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित
















आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया