सावित्रा भण्डारीलाई डेंगु संक्रमण
मेरोन्यूज
२०७९ भदौ २७ गते १५:३४

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई डेंगु संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार उनलाई डेंगी लागेको हो ।
काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपका क्रममा उनलाई डेंगु संक्रमण भएसँगै बाँकी खेल गुमाउन सक्ने भएकी छन् । समूह ‘बी’मा रहेको नेपालले आजै साँझ ५ः३० बजे श्रीलंकासँग खेल्दै छ । यो खेलमा नेपालले भण्डारीलाई नखेलाउने भएको छ ।
यसअघि भुटानविरुद्धको पहिलो खेलमा नेपालले ४–० को जित हात पार्दा भण्डारीले दुई गोल गरेकी थिइन् । आजको खेलमा नेपालले जित हात पारे शुक्रबार खेल खेल्ने छ ।
जारी साफमा समूह ‘ए’मा भारत र बंगलादेशले अन्तिम चारमा स्थान बनाइसकेको छ । समूह ‘बी’बाट नेपाल सेमिफाइनल पुग्ने भएको छ ।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रतिक्रिया