शनिबार, मंसिर १३, २०८२

सावित्रा भण्डारीलाई डेंगु संक्रमण

मेरोन्यूज २०७९ भदौ २७ गते १५:३४

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई डेंगु संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार उनलाई डेंगी लागेको हो ।

काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपका क्रममा उनलाई डेंगु संक्रमण भएसँगै बाँकी खेल गुमाउन सक्ने भएकी छन् । समूह ‘बी’मा रहेको नेपालले आजै साँझ ५ः३० बजे श्रीलंकासँग खेल्दै छ । यो खेलमा नेपालले भण्डारीलाई नखेलाउने भएको छ ।

यसअघि भुटानविरुद्धको पहिलो खेलमा नेपालले ४–० को जित हात पार्दा भण्डारीले दुई गोल गरेकी थिइन् । आजको खेलमा नेपालले जित हात पारे शुक्रबार खेल खेल्ने छ ।

जारी साफमा समूह ‘ए’मा भारत र बंगलादेशले अन्तिम चारमा स्थान बनाइसकेको छ । समूह ‘बी’बाट नेपाल सेमिफाइनल पुग्ने भएको छ ।

प्रतिक्रिया