भारतबाट ल्याउँदै गरेको ७३ लाख रुपैयाँ बरामद, एक नेपाली पक्राउ
मेरोन्यूज
२०७९ भदौ २७ गते १६:५९

काठमाडौँ । नेपाल-भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले जाँच गर्दा नगदसहित भैरहवाका एक युवा पक्राउ परेका हुन् ।
सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त जाँचमा सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारको साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेको सुनौली पुलिस चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले बताए ।
स्रोत नखुलेको नगदसहित पक्राउ परेको सुनारलाई नियन्त्रणमा लिई भारतीय कस्टम, सुरक्षा निकायका अधिकारीले सोधपुछ गरिरहेका छन् । उक्त नगद के प्रयोजनको लागि हो भन्ने खुलेको छैन ।
सम्बन्धित















अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
प्रतिक्रिया