श्रीलंकालाई ६-० गोलले हराउँदै नेपाल सेमिफाइनलमा
मेरोन्यूज
२०७९ भदौ २७ गते १९:३७

काठमाडौँ । नेपालले श्रीलंकलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप समूह ‘बी’को अन्तिम खेलमा नेपालले श्रीलंकामाथि ६–० गोलले विजयी भएको हो ।
नेपाललाई जिताउन अमिसा कार्कीले २ गोल गरिन् भने रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक–एक गोल गरे ।
खेलको पहिलो हाफमै नेपाल ४–० ले अघि रहेको थियो । खेलको ७५ औँ मिनेटमा गोल गरेकी अमिसा कार्कीले दोश्रो हाफको इन्जुरी समयमा अर्को गोल थपिन् र खेल नेपालले ६(० ले जित्यो ।
नेपाल समूह विजेता बनेपछि यो समूहबाट भूटान उपविजेता बनेको छ । समूह ‘ए’बाट भारत र बंगलादेश सेमिफाइलनम पुगिसकेका छन् ।
सम्बन्धित
















एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया