यु-१७ साफ: उपाधिका लागि नेपाल र भारत भिड्ने

काठमाडौं । श्रीलंकामा जारी यु १७ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टिम श्रीलंमाथि ६–० को सहज जित निकाल्दै नेपालले फाइनल यात्रा तय गर्यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ ।
कोलम्बोमा नेपाली टिमलाई जित दिलाउन हरिस भट्ट, प्रशान्त लक्षम, सुवास बम, निरोज कार्की, युनेश बुढाथोकी र सिजल राईले समान एक गोल गरे ।
खेलको २१औं मिनेटमा कप्तान प्रशान्तको गोलबाट नेपालले अग्रता बनाएका थियो । त्यसको अर्को मिनेटमा नै हरिसले नेपालको अग्रता दोब्बर पारे । यस्तै, ३०औं मिनेटमा सुवास बमले नेपालको अग्रतालाई ३–० मा पूर्याए । ३७औं मिनेटमा निरोज कार्कीले गोल गर्दै नेपालको अग्रतालाई अझ फराकिलो बनाए ।पहिलो हाफमा ४–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल थप्यो ।
नेपालका युनेशले ५१औं मिनटमा गोल गर्दै टिमको अग्रतालाई ५–० मा पूर्याए । यस्तै, खेलको अन्तिम मिनेटमा सिजल राईले गोल गरेपछि नेपालले ६–० को जित निश्चित गर्यो ।
नेपालले बुधबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ ले पराजित गरेको थियो ।
















ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया