एनसेलकाे दशैं अफर : १०० भन्दा माथिको रिचार्जमा बोनस ब्यालेन्स पाइने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।
यो योजना भदौ २८ गते मंगलबार देखि संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु १० बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।
यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु १५० रिचार्ज गरेमा रु २० बोनस स्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले रु ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ ।
यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।
आफ्ना ग्राहककालागि रु १०० वा सोभन्दा बढिको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।















प्रधानमन्त्री कार्कीद्धारा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
प्रतिक्रिया