आइतबार, माघ ११, २०८२

भिआइपी सवार हुने भएपछि माइतीघरमा प्रदर्शन गर्न पुगेका ३३ मिटरब्याज पीडित पक्राउ

मेरोन्यूज २०७९ भदौ २८ गते १७:३८

काठमाडौं । प्रहरीले ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ । माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।

माइतीघरमा प्रदर्शन गर्न अहिले रोक लगाउँदा पनि जबरजस्ती बस्न खोजेको हुँदा ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार पीडितलाई प्रहरीले माइतीघर क्षेत्रमा नबस्न आग्रह गर्दा पनि नमानेपछि नियन्त्रणमा लिएको हो । ‘हामीले भिआइपी सवार हुने क्षेत्रबाहे‍क अन्त बस्न भनेका थियौं,’ उनले भने, ‘हामीले उहाँहरूलाई सम्झाइ(बुझाइ गर्दा पनि मान्नुभएन । अनि बाध्य भएर नियन्त्रणमा लिएका हौं ।’

प्रहरीले ती मिटरब्याज पीडितलाई विभिन्न प्रहरी कार्यालयमा राखेको जनाएको छ ।

प्रतिक्रिया