साफमा बंगलादेशसँग भारत ३-० ले पराजित
मेरोन्यूज
२०७९ भदौ २८ गते २०:०९

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले पहिलोपटक हार व्यहोरेको छ । बंगलादेशसामू भारत ३-० ले पराजित भएको हो ।
बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरेकी थिइन् । श्रीमोती सरकारले पनि एक गोल प्रहार गरेकी थिइन् ।
साविक विजेताविरुद्ध १२औं मिनेटमा बंगालदेशकी सोप्नाले, सरकारले २२औं मिनेटमा र ५३ औं मिनेटमा सोप्नाले दोस्रो गोल गरेकी थिइन् । जवाफमा भारतले कुनै पनि गोल फर्काउन सकेन ।
समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोडेको छ । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ ।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया