शाहरुखको नयाँ फिल्म ‘जवान’ को एक्सन सिक्वेन्समा दुई सय महिला

मुम्बई । बलिउड अभिनेता शाहरुख खान हालै रिलिज फिल्म ‘ब्रह्मास्त्र’ केमियो भूमिकामा देखिएका थिए । उनको भूमिकालाई दर्शकले मन पनि पराए । यसबाहेक उनी ‘लाल सिंह चड्डा’मा पनि केमियोमै थिए ।
शाहरुख पछिल्लोपटक सन् २०१८ मा फिल्म ‘जीरो’ मा प्रमुख भूमिकामा देखिएका थिए । सन् २०२३ मा यी अभिनेता तीन फिल्ममा देखिँदैछन् । जसमा फिल्म ‘जवान’ पनि छ ।
समाचारअनुसार शाहरुखको ‘जवान’ को एक्सन सिक्वेन्सको सुटिङमा दुई सय महिला हुनेछन् । शाहरुख यसै साता इटली कुमारको निर्देशनमा बनिरहेको फिल्मको एक एक्सन दृश्य चेन्नईमा सुटिङ गर्दैछन् । यसका लागि मुम्बईमा ठूलो सेट बनाइएको छ भने दुई सयदेखि दुई सय ५० जनासम्म महिला प्रबद्र्धन अधिकारीको भीड जम्मा गरिनेछ ।
यो एक्सन सिक्वेन्स सात दिनसम्म छायांकन गरिनेछ । त्यसपछि बाँकी तीन हप्ताका लागि शाहरुख फिल्मका अन्य दृश्य सुटिङमा व्यस्त हुनेछन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया