शनिबार, पुष १२, २०८२

काठमाडौं महानगरले सुरु गर्‍यो डेंगु संक्रमितका लागि हटलाइन सेवा

मेरोन्यूज २०७९ भदौ ३० गते २१:४५

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु गरेको छ । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सकिने महानगरले जनाएको छ।

डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागि महानगरस्तरमा सक्रिय रहेको र भइरहेका कार्यक्रमहरूलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरू पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेको प्रमुख बालेन्द्र शाहले बताए ।

डेंगु विरुद्धमा टोल(टोल वा सामुदायिक रूपमा नै सक्रिय भएर लाग्न उनले सामाजिक सञ्जालमार्फत अपिल गरेका छन् । त्यस्तै आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने उनले बताएका छन् ।

प्रतिक्रिया