कानेपोखरी बजारको खानेपानी योजना सम्पन्न

मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजनाको आज उद्घाटन गरिएको छ ।
कानेपाखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश नं १ प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले उद्घाटन गर्नुभयो । विसं २०७५ पुस १६ गते राईले नै उक्त आयोजना शिलान्यास गर्नुभएको थियो ।
प्रमुख सचेतक राईले यति छोटो अवधिमा योजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै विकासलाई निन्तर आगाडि बढाउँदै लैजाने विश्वास दिलाउनुभयो । दुई लाख २५ हजार लिटर क्षमताको ओभर हेड ट्याङ्कीबाट २४ घण्टा पानी वितरण गर्ने गरी तीन हजार मिटर खानेपानी पाइप विस्तार गरिएको योजना रु तीन करोड २७ लाख ९५ हजार लागतमा सम्पन्न गरिएको छ ।
स्थानीय सामुदायिक वनको पाँच कट्ठा जमिनमा उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गरेको हो । सम्पन्न योजनाले कानेपोखरी गाउँपालिकाको वडा नं २, ४, ५, ६ र ७ गरी करिब एक हजार ५०० घर घरधुरी लाभान्वित हुने प्रमुख सचेक राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यति नै क्षमताको अर्को खानेपानी योजना विस्तार गरी जनतालाई खानेपानी समस्याबाट मुक्त गराउने उद्देश्य छ ।











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया