कपनमा आगलागी : दुई जनाको मृत्यु , आगो नियन्त्रणमा लिने प्रयास जारी
मेरोन्यूज
२०७९ असोज ५ गते २१:१०

काठमाडौं । कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
महानगरीय प्रहरी प्रभाग कपनका अनुसार आगलागी नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण संकलन गरिसकिएको छैन ।
आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा
आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया