अबदेखि हेपाटाइटिस ‘सी’ संक्रमितको मात्र पनि निःशुल्क उपचार

काठमाडौं । सरकारले हेपाटाइटिस ‘सी’ संक्रमित सबैखाले बिरामीको चालु आर्थिक वर्षदेखि निःशुल्क उपचार गर्ने भएको छ ।
यसअघि एआईभी एड्ससँगै हेपाटाइटिस ‘सी’को उपचार हुने गरेकोमा अबदेखि हेपाटाइटिस ‘सी’ को मात्र उपचार हुने राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले जानकारी दिइन् । उनका अनुसार काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर र त्रिवि शिक्षण अस्पतालबाट मात्र वितरण गरिँदै आएको औषधि अब सातै प्रदेशबाट निःशुल्क उपलब्ध गराइने राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले जानकारी दिइन् । त्यसका लागि सरकारले यो अर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्ट्याएको उनले बताइन् ।
सरकारसँग हालसम्म हेपाटाइटिस ‘सी’ संक्रमितको यकिन तथ्यांक छैन । गएको वर्षदेखि उनीहरूको निःशुल्क उपचार सुरु गरिएको हो । त्यस कार्यक्रअन्तर्गत गएको आर्थिक वर्षमा ५४ जनाले सेवा लिएको केन्द्रले जनाएको छ ।
















कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया