स्वास्थ्य पत्रकारहरुको नि:शुल्क मुटु परीक्षण

काठमाडौं । स्वास्थ्य विटमा क्रियाशिल पत्रकारहरुको नेशनल कार्डियाक सेन्टर बसुन्धरामा मुटु स्वास्थ्य परीक्षण गरिएको छ । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालको संयोजनमा विश्व मुटु दिवसको सन्दर्भ पारेर कार्डियाक सेन्टरले ३० जना बढी स्वास्थ्य पत्रकारहरुको निशुल्क मुटु जाँच गरिदिएको हो ।
मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, इको, इसिजि, रगत जाँचहरु सुगर, कोलेस्टेरोल, थाइरोडइ लगायतका थिए ।
परीक्षण पछि बरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ती अनिलले मुटुरोगको नियन्त्रणमा स्वास्थ्य सचेतनाको भूमिका विषयक प्रस्तुति दिएका थिए ।
डा. अनिलका अनुसार हामीले खाने आहारमा ध्यान दिएर नियमित व्यायम गर्ने,मदिरा चुरोट तथा अन्य जंकफुट लाई आजै देखि छाँडिदिए यसो गरेमा प्रेसर सुगर कोलेस्टेरोल बढ्न पाउँदैन्, यसबाट जोडिने मुटुरोग, मिर्गौला रोग र मस्तिष्क घात हुने जोखिम कम हुन्छ । जसले गर्दा शारीरिक अस्वस्थता हुने र आर्थिक भार हुने अवस्थाबाट पनि बचाउँछ ।
त्यसैगरी,मुटु विशेषज्ञ डा. अभिषेक ठाकुरले उनको प्रस्तुतिमा हृदयघात भएको कसरी चिन्ने, बेहोस अवस्थामा पुगेर मुटुको धडकन बन्द भएमा कसरी सीपीआर दिने ? आकस्मिक अवस्थामा अरु के के प्राथमिक उपचार गर्ने विषयमा जानकारी गराएका थिए ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया