आर्ट ग्यालरीमा हिमालयन आर्ट फेस्टिभल

काठमाडौं । नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी हिमालयन आर्ट फेष्टिभल नेपाल कला परिषद् बबरमहलमा भइरहेको छ । असोज १० गतेदेखि १४ गतेसम्म हुन लागेको यो कार्यक्रमको उद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटि भोल्कले पानसमा बत्ती बालेर गरेका थिए ।
उदघाटन मन्तब्यका क्रममा राजदूतले यस्तो प्रदर्शनीले कला जगतमा थप उर्जा प्रदान गर्ने तथा कलाको विकासको लागि नेपाली जनमानसहरु नै अगाडि आउनु पर्ने बताएका थिए । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरु, कला पारखीहरु, कलाकारहरुको उपस्थिति रहेको थियो ।
नेपाली कला जगत्का विषयमा छलफल चलाउने, कलाकारहरुसँग सम्वाद गर्ने, सांगीतिककार्यक्रम गर्ने जसले विभिन्न कलाकारहरुलाई एकै थलोमा कलाको भलाकुसारी गर्ने अवसर मिलोस् भन्ने उदेश्य प्रदर्शनीको आयोजना गरेको आयोजकहरुले जनाएका छन् ।
साथै, वरिष्ठ कलाकार हरि प्रसाद शर्माको चित्रकला अक्सनमा समेत राखिएको छ । यस कार्यक्रमको प्रमुख उदेश्य भनेको कलाको विविध पाटा तथा यसको महत्वलाई विभिन्न क्षेत्रका मानिसहरुलाई अवगत गराउनु रहेको आयोजकको भनाई छ । नेपालको व्यापारिक कम्पनीहरु तथा लगानीकर्ताहरुले कला समेत गत लगानी गर्नका लागि यस प्रदर्शनीले प्रोत्साहन गर्ने उदेश्य समेत रहेको आयोजकले बताएको छ ।
हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी इ–आर्टस्ले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दर्शैको अवसर पारेर आयोजना हुँदैं आएको छ ।
‘दशैंमा धेरै मेलाहरुको आयोजना भइरहेको हुन्छ । मानिसहरु दशैँका लागि पहिले पहिले लुगाहरु किन्ने गर्दथे भने घरको सजावटको लागि चित्रकलाहरु पनि किन किन्नुहुन्न होला र भन्ने सोचका साथ सन् २०१७ देखि नै यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छौं,’ इ-आर्टस् नेपालका सहसंस्थापक आशा डङ्गोलले बताइन् ।
करिब १३० भन्दा बढी कालकारहरुले आप्mनो कला प्रदर्शनीमा राखिएको छ ।
नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने कुरा समेत सहभागी कलाकारहरुको भनाई छ ।
कलाकारहरु शशि शाह, किरण मानन्धर, शशिकला तिवारी, हरि प्रसाद शर्मा, कृष्ण मानन्धर, राजन काफ्ले, भुवन थापा, आशा डंगोल, एरिना ताम्राकार, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, उजय बज्राचार्य, सविता डंगोल, इशान परियार, जगदिश मोक्तान, पुजा दुवाल, नविना सुनवार लगायत करिब १३० जना कलाकारहरुको कलाकृति एउटै थलोमा हेर्न सकिने गरी प्रर्दशनीमा राखिएको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया