मंगलबार, फागुन १२, २०८२

निर्वाचन आचारसंहिता लागू हुँदै, कसले के गर्न पाउने ?

मेरोन्यूज २०७९ असोज ११ गते १८:५०

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ । आज रातिदेखि लागु हुने गरी आचारसंहिता लागु हुने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताए । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो ।

प्रतिक्रिया