सोमबार, माघ १२, २०८२

सात वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा २१ वर्षीय युवक पक्राउ

मेरोन्यूज २०७९ असोज १२ गते १४:३३

काठमाडौं । सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । मोरङ जिल्लाको लेटाङ नगरपालिका(२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका विशालले सोही ठाउँस्थित मदिरा पसलमा ती बालिकालाई बाल यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया