बिहीबार, चैत २६, २०८२

विज्ञ भन्छन् – डेंगुले भयावह रुप लिने देखिन्छ

मेरोन्यूज २०७९ असोज १२ गते १७:२६

काठमाडौं । सरकार संवेदनशील नहुदाँ डेंगु महामारीकै रुपमा फैलिँएको विज्ञहरुले बताएका छन् । उनीहरुले डेंगु जोखिम बढ्दै गएको र यसले महामारीकै रुपमा निम्त्याउन सक्ने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्य विज्ञ डा.बाबुराम मरासिनीले अहिलेकै गतिमा डेंगु फैलिए यो भन्दा बढी भयानक हुने संकेत देखिएको बताए । उनले सरकारले डेँगुलाई प्राथमिकतामा नराख्दा यो व्यापक मात्रामा फैलिएको बताए । ‘बग्ने पानीमा लामखुट्टेले फूल पार्दैन । जमेको पानीमा फूल पार्छ । लामखुट्टे अत्यन्त चलाख प्राणी हो ।’ उनले भने, ‘जाडो आएपछि डेंगु जान्छ, टाउको हलुंगो हुन्छ भन्ने नसोचौं । ’

डा.मरासीनीले डेंगु रोकथामका लागि ‘लङ्ग टर्म प्रोग्राम’गर्नुपर्ने बताए । उनले यो अवस्थामा स्वास्थ्य मन्त्रालयको पहिलो एजेण्डा डेंगु नियन्त्रण हुनुपर्ने भएपनि त्यसो नभएकोमा चिन्ता व्यक्त गरे ।

उनले डेंगु संक्रमण मधेशका जिल्लामा अझ फैल्ने देखिएको बताए । उनले भने ‘यो उचाई भएका जिल्ला हुम्लामा देखिएको छ यो १५ डिग्रीसम्म बाच्छ ।’ त्यैसैगरी,स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवम् जनस्वास्थ्य विज्ञ डाक्टर डिबि ठाकुरले डेंगु जनस्वास्थ्य समस्या बनेको बताए । उनले अहिलेको अवस्थामा स्वास्थ्य मन्त्रालयको पहिलो एजेण्डा डेंगु नियन्त्रण हुनुपर्ने थियो तर त्यो नहुदा हरेक घरमा डेंगुका बिरामी भएका बताए । उनले भने ,‘सरकारले डेंगुलाई गम्भिरतापूर्वक लिनुपर्छ । डेंगु रोकथामको उपाय भनेकै लामखुट्टे र नियन्त्रण र लार्भा नष्ट हो ।’

स्वास्थ्य मन्त्रमलयको तथ्यांक अनुसार देशभर डेंगुका कारण हालसम्म ३६ जनाको ज्यान गइसकेको छ । हालसम्म देशभर २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन् ।

प्रतिक्रिया