ताप्लेजुङमा पाथीभरा म्याराथन

ताप्लेजुङ । ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ । ताप्लेजुङ पर्यटन महत्सवको अवरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो ।
पुरुष म्याराथनतर्फ एक सय ३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन् । धावकले सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट तोक्मेडाँडा, सुकेटार, देउराली, काफ्लेपार्टी, माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिर परिक्रमा गरी त्यही मार्ग भएर तोक्मेडाँडा आइपुग्नुपर्ने छ ।
हाफ महिला म्याराथनतर्फ पनि यही मार्गको काफ्लेपाटी पुगेर फर्किनुपर्ने म्याराथन सञ्चालन समितिका संयोजक यिगेन्द्र गुरुङले बताए । खुलातर्फ प्रथम पुरस्कार रु एक लाख ५१ हजार, द्वितीयलाई रु एक लाख ११ हजार र तृतीयलाई रु ५१ हजार तथा महिलातर्फ पहिलोलाई रु ८१ हजार, द्वितीयलाई रु ५१ र तृतीयलाई रु ३१ हजार प्रदान गरिने छ ।
विसं २०७६ मा ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सम्पन्न भएको थियो । त्यसयता कोभिड–१९ का कारण प्रतियोगिता हुन सकेको थिएन । विसं २०७६ मा खुलातर्फ सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले चार घण्टा १३ मिनेट २७ सेकेण्डमा निधारित दूरी पार गर्दै उपाधि जितेकी थिईन्। महिलातर्फ जुम्लाको पातारासी गाउँपालिकाकी सुनमाया बुढा क्षेत्रीले निर्धारित दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम भईन् ।
















रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया