यु-१७ पुरुष फुटबल टिम घोषणा

काठमाडौं / एएफसी यु-१७ एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा अक्टोबर पहिलो साता हुने प्रतियोगिताको लागि खेलाडी छनोट गरेका हुन् ।
श्रेष्ठले श्रीलंकामा सम्पन्न साफ यु-१७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका हुन् । यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसीय यु-१७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेनन् । टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् ।
५ अक्टोबरदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् ।
नेपालले ५ अक्टोबरमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । ७ अक्टोबरमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले अक्टोबर नौ मा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।
नेपाली टिमः
गोलकिपरः कृशल मोक्तान, समिर चन्द, रुवेन बोगटी
रक्षकः अश्विन घोरासैनी, सिमन्ता थापा, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, श्रेयान्स मानन्धर, धिरज विश्वकर्मा, राम थापा
मिडफिल्डरः प्रशान्त लक्षम, सरोज दर्लामी, हरिसराज भट्ट, लछु थापा, युनेस बुढाथोकी
फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम














मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया