चाडपर्वलाई लक्षित सचेतनामूलक कार्यक्रम (फोटोफिचर)

काठमाडौं । रोट्र्याक कलव अफ बर्दिबास, नेपाल प्रहरी र ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन ।
प्रहरी र रोडट्र्याक कलव अफ बर्दिबासका स्वयंसेवकहरुले यात्रा तथा सुरक्षामा ध्यान दिने उदेश्यले राजमार्गका यात्रु र स्थानीय व्यापारीलाइ पर्चा, पम्प्लेट वितरण गरेका हुन् ।
स्थानीय व्यापारीलाई पनि पसल पसलमा पुगेर सुरक्षामा सचेत गराइएको थियो भने यात्रारत यात्रु, चालक, सचालक सवैलाइ रोकेर ट्राफिक नियमका समबन्धमा अवगत गराइएको थियो ।
चाडपर्वमा चालकरसचालकले मादकपदार्थ सेवन गरेको थाहा पाएमा प्रहरीले तुरुन्त सम्पर्क गर्न यात्रुहरुलाइ अनुरोध गरेको छ ।
पाकेटमार, चोरी, डकैतीमा विशेष सावधान रहन अनुरोध गर्दै प्रहरीले त्यस्तो क्रियाकलाप भएको थाहा पाए तुरुन्त १०० नम्बरमा फोन गर्न सुचित गरेको छ । व्यापारीहरुलाई पनि मिति गुज्रेका सामान, अत्याधिक मुल्य नलिन सचेत गराइएको छ ।
तस्बिरः न्युज काराखाना


























भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा
आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया