५ सय करोड भारूमा बनेको फिल्मको टिजर कसरी बन्यो ‘ट्रोल’ ?

काठमाडौं । भारतीय अभिनेता प्रभास र सैफ अली खानको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को टिजर आइतबार सार्वजनिक भएको छ।
हिन्दी र तेलेगु भाषामा छायांकन हुने आदिपुरुष ओम राउतले निर्देशन गरेका हुन्। पछि यो तमिल, मलयालम, कन्नड लगायत अन्य भाषामा समेत उपलब्ध हुने बलिउड हंगामाले जनाएको छ। यसमा कृति सेननको पनि मुख्य भूमिका छ।
आदिपुरुष थ्री(डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्म टोलीले बताएको छ।
आइतबार सार्वजनिक भएको एक मिनेट ४६ सेकेन्डको टिजरमा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको।
आदिपुरुष करिब ५ सय करोड भारूमा बनिरहेको फिल्म भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर यति महँगो बजेटको यो फिल्मको टिजरले प्रशंसाभन्दा धेरै आलोचना खेप्नुपरेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसनदेखि भिडिओ गेमसम्म भनेका छन्।
भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी सामाजिक सञ्जालहरूमा आइरहेको छ।
टिप्पणी गर्नेहरूले सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टोलीको आलोचना गरेका छन्।
भुषण कुमार, कृष्ण कुमार, ओम राउत, प्रसाद सुतार र राजेश नायरद्वारा निर्मित ुआदिपुरुषु सन् २०२३ जनवरी १२ मा रिलिज हुने भनिएको छ।
















सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया