मेक्सिकोमा अन्धाधुन्द गोली चलाउँदा मेयरसहित १८ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजना मेयरसहित १८ जनाको मृत्यु भएको छ ।
बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर हुन् ।
स्थानीय प्रहरीका अनुसार बन्दुकधारीले बुधबार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए । आक्रमणकारीले मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए । त्यसअघि उनीहरुले सुरक्षाकर्मीलाई शहरमा प्रवेश गर्न नदिने उद्देश्यले शहरलाई जोड्ने सडकहरुमा ठूला गाडी तेर्स्याएका थिए ।
यो आक्रमणमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन । घटनाको अनुसन्धान जारी रहेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।










कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया