मंगलबार, वैशाख ८, २०८३

देशभर वर्षा

हिलाम्य बन्यो दशैँः पूर्वमा हल्का र पश्चिममा भारी वर्षा

पूर्वमा शनिबार र पश्चिममा आइतबारदेखि मौसम खुल्दै जाने अनुमान

मेरोन्यूज २०७९ असोज २० गते १४:१२

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । बागमती र अन्य प्रदेशमा मध्यम तथा हल्का वर्षा भइरहेको छ ।

“देशभर पानी परेको छ, मौसममा बदली भएको छ, पश्चिममा भारी वर्षा भइरहेको छ”, उनले भने, “पूर्वमा शनिबार बिहानसम्म पानी पर्छ, दिउँसोदेखि विस्तारै आकास खुल्दै जान्छ, पश्चिममा आइतबारदेखि मौसम विस्तारै खुल्दै जानेछ ।”

हाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही तथा गण्डकी प्रदेशका थोरै, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया