सोमबार, माघ १२, २०८२

बलात्कारको अभियोगमा डोटीका ७७ वर्षीय वृद्ध पक्राउ

मेरोन्यूज २०७९ असोज २० गते १५:४०

काठमाडौं । डोटीमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

जोरायल गाउँपालिका –२ डाँडाखालीका ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

श्रीधरविरूद्ध २४ वर्षीय महिलालाई ललाइफकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले श्रीधरलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया