मेसी भन्छन्–२०२२ को विश्वकप मेरो लागि अन्तिम

काठमाडौं । विश्वचर्चित फुटबल खेलाडी लियोनल मेसीले आगामी महिना कतारमा हुन लागेको सन् २०२२ को विश्वकप आफ्नो लागि अन्तिम हुने बताएका छन् ।
स्टार प्लससँगको अन्तर्वार्तामा आफ्नो फुटबल भविष्यबारे पहिलोपटक बोल्दै मेसीले आगामी विश्वकप अन्तिम हुने बताएका हुन् । के यो विश्वकप तपाईंका लागि अन्तिम होला रु भनेर सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘हो, साँच्चै त्यो मेरो अन्तिम हुने छ ।’ यद्यपि उनले फुटबलबाट सन्यास लिन्छन् कि लिंदैनन् भन्नेबारे भने खुलाएका छैनन् ।
कतार विश्वकप पछि अर्को विश्वकप चार वर्षपछि हुने छ । त्यो बेलासम्म मेसी ३९ वर्ष पुग्नेछन् । त्यसैले पनि उनले विश्वकप नखेल्ने भनेको हुनसक्ने अनुमान धेरैको छ ।
अहिलेसम्म आफूले शारीरिक रुपमा राम्रो महसुस गरिरहेको उनले बताएका छन् । ‘म चोटग्रस्त भएर फर्किएको छु, अहिले राम्रो महसुस भइरहेको छ,’ उनले भनेका छन्, ‘अहिले वर्ल्ड कपको दिन गनिरहेको छु ।’
मेसीको कप्तानीमा अर्जेन्टिनाले लगातार ३५ म्याचमा जित हासिल गरेको छ । अर्जेन्टिनाले सन् २०२१ को कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिललाई समेत हराएको थियो ।
विश्वकपबारे उनले थप भनेका छन्, ‘विश्वकपमा जे पनि हुनसक्छ । सबै खेल गाह्रो हुन्छन् । आफूलाई मन परेको टिमले जित्ने कुनै ग्यारेन्टी हुँदैन । मलाई पनि थाहा छैन हामी पनि मन पराइन्छौं कि पराइँदैनौं तर अर्जेन्टिना आफ्नो इतिहासका कारण सधैं एक दाबेदार भने रहन्छ ।’















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया