मानव स्तनको दुधमा पहिलो पटक माइक्रोप्लाष्टिक फेला

रोम, २४ असोज । इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानव स्तनको दुधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन् । यससँगै शिशुहरूको स्वास्थ्यबारेमा विशेषज्ञमा चिन्ता बढाएको छ ।
इटालीमा बच्चा जन्माएको एक सातापछि ३४ स्वस्थ आमाहरूले दुधको नमूनाको अध्ययनपछि वैज्ञानिकहरूले तीमध्ये तीन चौथाइमा प्लास्टिकका साना कणहरू पत्ता लगाएको द गार्डियनले जनाएको छ ।
अनुसन्धानकर्ताहरूको टोलीले शिशुहरू रासायनिक प्रदूषणबाट कमजोर रहेको र थप अनुसन्धान तुरुन्तै आवश्यक भएको उल्लेख गरे ।तर, उनीहरूले प्रदूषित माइक्रोप्लास्टिकको उपस्थितिले हुने हानीभन्दा स्तनपानको फाइदाहरू धेरै हुने विषयमा जोड दिए ।
माइक्रोप्लास्टिक भनेको ५ मिलिमिटरभन्दा कम लम्बाइको कुनै पनि प्रकारको प्लास्टिकको टुक्रा हो । अघिल्लो अनुसन्धानले मानव कोशिका रेखाहरू, प्रयोगशाला जनावरहरू र समुद्री वन्यजन्तुहरूमा माइक्रोप्लास्टिकको विषाक्त प्रभाव देखाएको थियो।
अब, पछिल्लो अध्ययनसँगै वैज्ञानिकहरूले माइक्रोप्लास्टिकका कारण उत्पन्न हुने जोखिमहरू प्रकाश पारेका छन् ।
गार्जियनका अनुसारका आफ्नो अध्ययनमा वैज्ञानिकहरूले प्लास्टिक प्याकेजिङ र समुद्री खानामा आमाको खाना र पेय पदार्थको खपत भएको पाएका थिए ।
















Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया