सोमबार, माघ १२, २०८२

तास खेल्ने सहयोगीको हत्या आरोपमा तीन पक्राउ

मेरोन्यूज २०७९ असोज २४ गते २०:१७

काठमाडौँ । मादक पदार्थ सेवन गरी तास खेल्ने सहयोगीको हत्याको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

झापा, अर्जुनधारा नगरपालिका ११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका ४ सुरूमखिम घर भएका २५ वर्षीय नविन्द्र गुरूङको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा इलाम नगरपालिका ९ घर भई झापा अर्जुनधारा नगरपालिका ११ स्थित ताप्लेजुङ इलाम होटलका संचालक ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम नगरपालिका १२ घर भई सोही होटलका स्टाफ २१ वर्षीय अमृत आचार्य र उनकै श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् ।

इन्द्रबहादुरलाई उनकै होटलबाट तथा अमृत र बिमलालाई पाँचथरबाट पक्राउ गरेको हो ।

असोज १७ गते उक्त होटलमा उनीहरू मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अवस्थामा हारजितको विषयलाई लिएर विवाद हुँदा उनीहरू समेतले नविन्द्रलाई लोहोरो र चक्कुले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

असोज १८ गते बिहान उनको शव फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया