शनिबार, पुष १२, २०८२

झण्डै ३४ हजार जनामा डेंगु संक्रमण पुष्टि

मेरोन्यूज २०७९ असोज २५ गते १५:३३

काठमाडौँ । नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ ।

०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी भेटिएका हुन् । डेंगुले सोही अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशको सबै प्रदेशअन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ ।

प्रतिक्रिया