ग्वाटेमाला र एल साल्भाडोरमा भीषण आँधी, २८ जनाको मृत्यु
काठमाडौँ । भीषण आँधीसँगैको वर्षाले ग्वाटेमाला र एल साल्भाडोरमा २८ जनाको मृत्यु भएको छ । जुलिया आँधी केही साम्य भए पनि मुसलधारे वर्षा र आँधीको परिणाम स्वरुप ती हताहती भएका अधिकारीहरूले बताएका छन् ।
ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्ता भेरापाज प्रान्तमा पहाडको ढिस्कोमा परेर पाँच जनाको ज्यान गएको तथा मेक्सिको नजिकैको हुहुतेनाङ्गो प्रान्तमा उद्धारमा खटिएका एक जना सैनिकसहित नौ जनाको मृत्यु भएको बताएको छ ।
एल साल्भाडोरको कोमासागुवा शहरमा एउटा घरको पर्खाल भत्किँदा पाँच जना सैनिक जवानको ज्यान गएको, पूर्वी एल साल्भाडोरको ग्वाटाजियागुवामा भारी वर्षाका कारण अर्को घरको पर्खाल भत्किँदा दुई जना, रूख ढलेर किच्दा एक जना, नदीको बाढीले बगाउँदा अर्का एक जनाको मत्यु भएको एल साल्भाडोरका अधिकारीहरूले बताएका छन् ।
एल साल्भाडोरका नदीहरू किनाराभन्दा धेरै माथि एवम् फिजारिएर खतराको तहमा बग्न थालेपछि सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै ८० भन्दा बढी स्थानमा आँधी आश्रयस्थल स्थापना गरेको छ ।











मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया