भारतको नयाँ प्रधानन्यायाधीश चन्द्रचुड बन्ने पक्का
मेरोन्यूज
२०७९ असोज २५ गते २०:५७
काठमाडौँ । भारतको नयाँ प्रधानन्यायाधीश डि वाई चन्द्रचुड बन्नु हुने भएको छ । वर्तमान प्रधानन्यायाधीश युयु ललितले मङ्गलबार भावी प्रधानन्यायाधीशको रुपमा चन्द्रचुडको नाम सिफारिस गरेका हुन् ।
उनी भारतको ५० औँ प्रधानन्यायाधीश बन्ने भएका हुन् । उनको कार्यकाल आगामी नोभेम्बर ९ तारिखदेखि सुरु हुने छ । सन् २०२४ को नोभेम्बर १० तारिखमा सकिने छ ।
केन्द्रीय कानुन मन्त्रालयले गत हप्ता नयाँ प्रधानन्यायाधीश चयनका लागि प्रक्रिया अगाडि बढाएको थियो । मन्त्रालयको आग्रहअनुसार वर्तमान प्रधानन्यायाधीशले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरेका हुन् ।
वर्तमान प्रधानन्यायाधीश ललितले भने तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल गत अगस्ट २६ मा सकिएपछि जिम्मेवारी पाएका थिए । उनको कार्यकाल ७४ दिनको मात्र छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया