झिनो अंकमा बढ्यो नेप्से

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो ।
बिहीबार कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सामान्य सुधार भएको छ । बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ ।
बिहीबार अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, रुरु जलविद्युत परियोजनाको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।
यता, सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य ४.४५ प्रतिशत घटेको छ । आज नबिल बैंकको तीन करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

















फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन
रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
प्रतिक्रिया