मंगलबार, माघ १३, २०८२

साढे १३ लाख रुपैयाँको सुन तथा चाँदी चोरी

मेरोन्यूज २०७९ असोज २८ गते १५:५६

काठमाडौँ । काठमाडौँ महानगर १६ म्हेपी डेरा गरी बस्ने हरिमाया श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका गहना चोरी भएको छ ।

उनको कोठाबाट करिब १३ लाख ६४ हजार रूपैयाँ बराबरको गरगहना बिहीबार साँझ चोरी भएको प्रहरीले जनाएको छ ।

कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्ति पछाडिको झ्यालबाट पसेर दराज फोडेर गरगहना चोरी लगेको प्रहरीले बताएको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया