हस्पिस नेपाल भवनको धापाखेलमा शिलान्यास समारोह

काठमाडौँ । दीर्घ कालीन रोग लागेका व्यक्तिहरुको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका मानिसहरुको हेरचाह गर्ने संस्था हस्पिस नेपालको भवन निर्माणको धापाखेलमा शिलान्यास भएको छ ।
हस्पिस नेपाल, नेपाल सरकारमा विधिवत रुपमा दर्ता भएको गैर–नाफा मुलक, गैर–सरकारी संस्था हो । देशमा उपशामक सेवाको विकास गर्ने उद्धेश्यले २०५७ सालमा यसको स्थापना भएको थियो । यसले लगनखेलमा आठ शैय्याको एकाइमा बिरामी सेवा, काठमाडौं उपत्यकामा सामुदायिक सेवा र मकवानपुर जिल्लाको ग्रामीण भेगमा सेवा प्रदान गर्दै आएको छ ।
यी दुवै सेवाहरु निःशुल्क प्रदान गरिदैँ छन् । देशैभरि उपशामक सेवा उपलब्ध गराउन हस्पिस नेपालले तालिम प्राप्त स्वास्थ्यकर्मी सहितको सुविधायुक्त २० शैय्याको नमुना उपशामक सेवा केन्द्रको अवधारणा बनाएको छ ।
यसका लागि ललितपुरको धापाखेलमा ५ रोपनी जग्गा लिइएको छ भने राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कोष संकलन गर्ने कार्य जारी छ । उक्त जग्गाको लागि निक साइमन संस्थाका संस्थापकद्वय जिम र मेरिलिन साइमनले सहयोग रकम उपलब्ध गराएका हुन् । सो समारोहमा उनीहरूको पनि उपस्थिति रहेको थियो ।
प्रोजेक्ट हस्पिस नेपालमा संलग्न सम्पूर्ण सदस्यहरुको निरन्तरको प्रयास पश्चात ललितपुरको धापाखेलमा गत असोज २५ गते भवनको शिलान्यास गरिएको छ । सो भवन निर्माणको कुल लागत लगभग १५ करोड रहेको छ, जस मध्य विभिन्न दाताहरूबाट चार करोड रुपैयाँ सहयोग संकलन भइसकेको छ । यसको स्थापनाले मुलुकमा उपशामक सेवाले नयाँँ उचाइ प्राप्त गर्ने र एउटा उदाहरणीय सेवा केन्द्रको स्थापना हुनेछ भन्ने विश्वास सो केन्द्रका संस्थापक त्रय डा.राजेश गंगोल, डा.प्रदीप वैद्य र ओम राजभण्डारीको रहेको छ ।
सो भवनको पहिलो चरणको निर्माण कार्य २ वर्षमा सम्पन्न गर्ने र सम्पूर्ण परियोजनालाई ४ वर्षमा सम्पन्न गर्ने अठोटका साथ हस्पिस नेपालका सबै बोर्ड सञ्चालक हौसिएका छन् । साथै सबै दाता मनलाई यो अत्यावश्यक सेवा केन्द्र स्थापना गर्न आव्हान पनि गरेका छन् ।

















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र दिइने
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया