पुन: सर्यो ‘लाखे’, अब कात्तिक १८ मा रिलिज हुने

काठमाडौं । मल्टिस्टारर सिनेमा लाखेको रिलिज पुनः एक हप्ता पोस्टपोन्ड भएको छ । यो सिनेमा अब आगामी कात्तिक १८ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमाले यसअघि सार्वजनिक टिजर र ट्रेलरले दर्शकमाझ सकारात्मक प्रभाव छोडेकाले पनि एक हप्ता पोस्टपोन्ड गरिएको निर्माण टिमले जनाएको छ ।
कात्तिक ११ मा महजोडी अभिनित महापुरुष पनि रिलिज हुने भएकाले २ सिनेमा एकसाथ रिलिज हुँदा शोदेखि हलसमेत बाँडिने भएकाले महजोडीलाई सम्मान गर्दै आफुहरु एक हप्ता पछाडी सरेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । हाल सिनेमाको निर्माण टिम सिनेमाको भव्य प्रचारको तयारीमा रहेको निर्देशक सम्राट बस्नेत बताउँछन् ।
सम्राट बस्नेत निर्देशीत सिनेमामा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा र निर्माण रहेको सिनेमाको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी ९जिएम० छन् ।
हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको सिनेमा सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको सिनेमाका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । ‘लाखे’ अर्जुन जिसीले सम्पादन गरेका हुन ।
औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको सिनेमाकोे पटकथा आकाश बरालले हुन भने संवाद लेखनमा उनलाई अनुप न्यौपाने सघाएका छन् ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया