कात्तिक २१ मा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड

काठमाडौं, १ कात्तिक
क्वालिटी फिल्मस्ले आयोजना गर्न लागेको दोस्रो संस्करणको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आगामी २१ कातिकमा हुने भएको छ ।
राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा हुने अवार्डका लागि आयोजकले गत भदौमा मनोनयन सार्वजनिक गरिसकेका छन् । यो अवार्ड असोजको पहिलो साता आयोजना गर्ने तयारीमा थियो । तर आयोजक नै डेंगीको संक्रमणमा परेपछि अवार्डलाई २१ कात्तिकमा पुर्याइएको हो ।
फिल्मस्का अध्यक्ष उमेश गुरुङका अनुसार कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र उद्याेगलाई माथि उठाउन दुई वर्ष अघिबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आयोजना थालिएको हो । २०७८ बैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरुबाट उत्कृष्ट पाँचको मनोनयन निर्णयक समितिले यस अघि नै छनोट गरेर सार्वजनिक गरिसकेको छ ।
गुरुङका अनुसार यसपटक विभिन्न ४० विधामा यो अवार्ड प्रदान गरिने भएको छ । चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ ।
अवार्ड समारोहमा यसपटक दिका गुरुङलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ । तीन दशकभन्दा लामो समयदेखि ध्वानी सम्पादकको रुपमा सक्रिय रहेका कारण उनलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको पनि अध्यक्ष गुरुङले बताए । यस्तै यो वर्ष क्वालिटी इन्टरटेनमेन्ट पत्रकारिता पुरस्कार राजधानी दैनिकका कला पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरिने पनि उनले जानकारी गराए ।









काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज शनिवार, कुन विदेशि मुद्राको विनिमयदर कति ?
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया